नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम उत्साहजनक – Nepal Press

नेप्सेमा सामान्य अंकको करेक्सन, कारोबार रकम उत्साहजनक

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २ दशमलव ८५ अंकले घट्दै २६७१.६२ विन्दुमा रोकिएको छ ।

आज नेप्से परिसूचक १ करोड ६३ लाख ६६ हजार ४७२ कित्ताको किनबेचमा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर बैंक (नीफ्रा) को शेयर कारोबार भएको छ । आज नीफ्राको कारोबार २७ करोड रुपैयाँ बराबर भएको छ । महिला लघुवित्तको शेयर करीब १० प्रशितले बढेको छ । यसैगरी चन्द्रागिरीको पनि आज करीब १० प्रतिशतले नै बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर