गण्डकीमा माओवादीका दुई मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा – Nepal Press

गण्डकीमा माओवादीका दुई मन्त्रीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौं । गण्डकी प्रदेशका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले राजीनामा दिएका छन् ।

माओवादी संसदीयदलका नेतासमेत रहेका चुमानले आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए ।

आज माओवादीको संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आफूहरु दुवैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाएको चुमानले बताए । तीन वर्षसम्म सरकारमा रहँदाको साथ र सहयोगका लागि उनले मुख्यमन्त्री गुरुङप्रति आभार व्यक्त गरे ।

प्रदेशसभा बैठकलाई सम्वोधन गर्दै चुमानले बर्तमान बिडम्बनापूर्ण राजनीतिक परिस्थितिले गर्दा नमिठो निर्णय लिनुपरेको बताए ।

‘पछिल्लो राजनीतिक परिस्थितिमा आजबाट हामी सरकारमा रहेनौं । संसदको हैसियतमा फर्किएका छौं । आजै मुख्यमन्त्रीज्यूकहाँ पुगेर राजीनामा बुझायौं,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर