सञ्चार महामार्ग निर्माणमा जुट्न सांसदहरुलाई सञ्चारमन्त्रीको आग्रह – Nepal Press

सञ्चार महामार्ग निर्माणमा जुट्न सांसदहरुलाई सञ्चारमन्त्रीको आग्रह

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार महामार्ग निर्माणको काममा जुट्न सांसदहरुलाई आग्रह गरेका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आजको युुगमा सञ्चार संसार भएको उल्लेख गर्दै त्यसको विकासमा तीन वटै तहका जनप्रतिनिधिहरुले ध्यानुपर्ने पनि स्पष्ट पारे ।

‘सडक बन्यो, विद्युत बन्यो, अव सांसदहरुको ध्यान टेलिफोन, इन्टरनेटसहित दूरसञ्चार सेवाको विकास हुने गरी सञ्चार महामार्ग निर्माणमा जानुपर्दछ,’ काठमाडौंमा आयोजित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका संघीय सांसदहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने ‘सञ्चार संसार भएकाले त्यसको विकासको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबैले ध्यान दिन जरुरी छ ।’

मन्त्री गुरुङले आम उपभोक्ताको गुनासो तत्काल सम्बोधन हुने गरी इन्टरनेट सेवा संचालनमा ल्याउन दूर सञ्चार सेवा प्रदायक संस्थाहरुलाई सचेत गराए ।

आम उपभोक्ताको गुनासो आउने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले दूर सञ्चार सेवालाई सस्तो र गुणस्तरीय बनाउन सरकारले संघीय संसदका सांसदहरुसँग परामर्श लिएको स्पष्ट पारे

उनले भने, ‘टावर छ काम गर्दैन, इन्टरनेट छ तर इमेल चलाउन सकिँदैन भन्ने गुनासो नआउने गरी दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासमा लागिपर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न चाहेको हो ।’

यस अघि सञ्चार मन्त्रालयले अन्य प्रदेशका सांसदहरुसँग पनि दूरसञ्चार क्षेत्रको पूर्वाधार विकासका लागि छलफल गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर