जातजन्य टिप्पणीप्रति महावीर पुनको क्षमायाचना – Nepal Press

जातजन्य टिप्पणीप्रति महावीर पुनको क्षमायाचना

काठमाडौं । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले फेसबुक च्याटमा गरेको जातजन्य टिप्पणीलाई लिएर क्षमायाचना गरेका छन् । आफूले गरेको संवेदनशील पोष्टमा जथाभावी पोष्ट गर्नेलाई सम्झाउने क्रममा ‘अनियतवस’ गलत शब्द निस्केको उनको प्रष्टाेक्ति छ ।

पुनले हिजो फेसबुकमा एक महिला हराएको विषयमा तस्बिरसहित सूचना हालेका थिए । त्यसमा एक व्यक्तिले नकारात्मक कमेन्ट गरेपछि पुन उनीसँग च्याटमा भिड्न पुगेका थिए । उक्त च्याटको स्क्रिन सट सामाजिक सञ्जालमा भाइरल बनाइएपछि महावीरले स्पष्टीकरण दिएका हुन् । यद्यपि, स्पष्टीकरण दिने क्रममा उनले उनले जातलाई ‘हाइलाइट’ गरेका छन् ।

उनले लखेका छन्, ‘…भन्ने एकजना … मगरलाई सम्झाउने क्रममा अनियतबस … बाहुन भन्ने शब्द निस्केको हो । सो शब्दले गर्दा धेरैलाई दुख लागेको र रिस उठेको छ । त्यसका लागि मैले हिजो नै कमेन्टहरुमा मलाई माफ गर्नुहोला भनेको छु ।’

‘संवेदनशील पोष्टमा हावा कमेन्ट गरेको हुनाले मेरो उसँग भनाभन भएको हो । मैले सबै बाहुनहरुलाई भनेको छैन । …अन्त्यमा फेरि पनि परिस्थिति बुझिदिनुहोला र दुख लागेकोमा माफ गरिदिनुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *