कविताः वातावरण सचेतना – Nepal Press

कविताः वातावरण सचेतना

तराईका फाँटदेखि हिमालको काखसम्म
चारकोसे झाडीदेखि गुराँस फुल्ने पाखासम्म ।।
हावापानी राम्रो भन्ने गर्छौं हामी नेपालको,
अहिले हेर्दा सबैतिर हेर कस्तो बेहाल भो ।।

धुलो मैलो बाटो भरी फोहोरको डङ्गुर छ ।
जताततै घरै–घर कन्कृटको जन्जीर छ ।
कोलाहलमय वातावरण शान्ति खोज्न काहा जाउँ ?
हाम्रो देशको वातावरण कसरी अब बचाउँ ?

रुख रोपौं सबैले आफ्नो घर वरिपरि,
सास फेर्दा आफैंलाई दुःख नहोस घरीघरी ।
उकुसमुकुस वातावरण हरियाली बनाउनु छ ।
वातावरण जोगाएर आफ्नो स्वास्थ बचाउनु छ।

स्वास्थ नै हो ठूलो धन बुझौं सबैजना,
अस्पताल पुग्नबाट बचौं सबैजना ।
स्वस्थ्य भए वातावरण हामी स्वास्थ हुन्छौं ।
स्वास्थ देश भयो भने आफ्नो लक्ष पाउछौं ।।

मनन गर्नु मेरो कुरा बनाउनु छ साकार ।
सुन्दिनुस् न याे सानीको वातावरण बचाउने पुकार ।।

समृद्धि भट्टराई, कक्षा ३
समाखुसी, काठमाडौं


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *