बादल समूहप्रति प्रचण्डको आक्रोश : मलाई बमले उडाउन खोज्नेलाई भाउ दिएँ, तिनीहरू बिकाउ माल साबित भए – Nepal Press

बादल समूहप्रति प्रचण्डको आक्रोश : मलाई बमले उडाउन खोज्नेलाई भाउ दिएँ, तिनीहरू बिकाउ माल साबित भए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समूहलक्षित टिप्पणी गरेका छन् ।

रुकुममा आयोजित जनसभालाई मंगलबार सम्बोधन गर्दे प्रचण्डले बम प्रहार गरेर आफूलाई मार्न खोज्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको बताए । ‘मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएँ, सायद गल्ती गरेँ,’ उनले भने, ‘जनआधार नभएकालाई स्थायी कमिटी बनाएँ । ती अहिले बिकाउ माल भए ।’

उनले अब त्यस्तो गल्ती नगर्ने समेत बताए। उनले भने, ‘अब म त्यस्तो गर्दिनँ । म हिजो युद्धमा इमान्दारिताकासाथ लागेका जनता र कार्यकर्तालाई नै अगाडि बढाउन संकल्प गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर