बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ – Nepal Press

बर्दियाबाट चिडियाखानामा ल्याइयो नरभक्षी बाघ

नेपाल प्रेस २०७७ चैत २४ गते १६:२५
२०७७ चैत २४ गते १६:२५

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ।

बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीको मृत्यु भएपछि उक्त बाघलाई नियन्त्रणमा लिएर मंगलबार चिडियाखाना ल्याइएको हो ।
आक्रमण गर्ने बाघलाई निकुञ्जको टोलीले डार्ट हानेर बेहोस बनाइ नियन्त्रणमा लिइएको हो ।

ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत ३४ वर्षीय पुलीसराम थारुको आइतबार साँझ पौने ६ बजे बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

१० वर्षको भाले बाघलाई बर्दियाबाट गाडीमा हालेर ल्याइएको हो। बाघलाई बिहान ११ बजे चिडियाखाना ल्याइएको हो ।