यी हुन् बागमतीका माधव पक्षीय एमालेका जिल्ला पदाधिकारी र इन्चार्ज (सूचीसहित) – Nepal Press

यी हुन् बागमतीका माधव पक्षीय एमालेका जिल्ला पदाधिकारी र इन्चार्ज (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बागमती प्रदेशका सबै जिल्लामा पदाधिकारीसहितको नयाँ कमिटी पुनर्गठन गरेको छ ।

२०७५ जेठ २ अघिको एमालेकालका अध्यक्षहरुलाई कायमै राखिएको छ भने अध्यक्ष आफ्नो पक्षका नभएका ठाउँमा नयाँलाई ल्याइएको छ ।

मंगलबार काठमाडौंमा भएको भेलाले जिल्ला कमिटीका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रदेशका सबै जिल्लामा इन्चार्ज सहइन्चार्ज र केन्द्रीय प्रतिनिधिहरु समेत तोकिएको छ । चाँडै नै नेपाल पक्षीय बैठकका निर्णयहरु अन्तरपार्टी निर्देशनमार्फत तलसम्म पठाइने माधव नेपालले सो बैठकमा बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर