बागमती प्रदेशमा पनि नेपाल पक्षको समानान्तर कमिटी घोषणा – Nepal Press

बागमती प्रदेशमा पनि नेपाल पक्षको समानान्तर कमिटी घोषणा

काठमाडौं । पार्टी भित्र सामानान्तर कमिटी निर्माणलाई तिब्रता दिँदै आएको नेकपा (एमाले)को माधव नेपाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ ।

माधव नेपाल पक्षले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा कार्यक्रम आयोजान गरि कमिटी घोषणा गरिएको हो ।

शाक्य नेतृत्वको कमिटीकाे सहसंयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई छन्  ।

सदस्यमा सदस्यमा बसन्त मानन्धर, विष्णु देवकोटा, पेम्बा तामाङ, टोकबहादुर वाइबा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् ।

प्रदेश कमिटी सचिवमा माधव नेपाल पक्षले दोलखाकी रचना खड्कालाई चयन गरेको छ । केन्द्रीय सदस्य खड्का प्रदेशसभा सदस्य पनि हुन् ।


प्रतिक्रिया

One thought on “बागमती प्रदेशमा पनि नेपाल पक्षको समानान्तर कमिटी घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर