अजोडको इन्साइडर ट्रेडिङ्ग बारे बोर्डले छानविन गर्ने – Nepal Press

अजोडको इन्साइडर ट्रेडिङ्ग बारे बोर्डले छानविन गर्ने

काठमाडौं । धितोपत्र बोर्डले एक बिज्ञप्ति जारी गर्दै अजोड इन्स्योरेन्स कम्पनीको कारोबारमा इन्साइडर ट्रेडिङ्ग भएको गुनासोप्रति ध्यानाकर्षण भएको बताएको छ । हकप्रद सेयर निष्कासन सम्वन्धि सुचना सार्वजनिक हुनुभन्दा अगाडी नै कारोबार बृद्धि गरिएको भन्ने बारे सञ्चार माध्यम र लगानीकर्ताको गुनासोको छानविन गरिने समेत बोर्डले जनाएको छ ।

चैत १८ गते भएको कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो ।

धितोपत्र बजारले चैत १९ को पत्र मार्फत् अजोड हकप्रद शेयर निष्काशन गर्ने सूचना प्रकाशन अघि चैत १६ गते बाटै धितोपत्र कारोबारमा १० प्रतिशत वृद्धि भई सर्किट लागेको पत्र पठाएको थियो ।

उक्त दिनको कारोबारका सम्बन्धमा थप अनुसन्धान गर्न बोर्डले एक निर्देशकको संयोजकत्वमा आजै एक उप–समिति गठन गरेको जानकारी दिएको छ ।

कम्पनीको भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाउने बोर्डले जनाएको छ । साथै धितोपत्र बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न धितोपत्र बोर्डले अनुरोध समेत गरेको छ। ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर