म्यानमार हिंसाबारे परराष्ट्रमन्त्रीको प्रतिक्रिया : नेपाल सरकारको गहिरो चिन्ता र चासो छ – Nepal Press

म्यानमार हिंसाबारे परराष्ट्रमन्त्रीको प्रतिक्रिया : नेपाल सरकारको गहिरो चिन्ता र चासो छ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको बताएका छन।

प्रतिनिधिसभामा विभिन्न सांसदहरुले उठाएको प्रश्नको सोमबार जवाफ दिँदै उनले भने- ‘म्यानमारको पछिल्लो विकसित घटनाका सन्दर्भमा नेपाल सरकारको गहिरो चिन्ता र चासो रहँदै आएको छ।’

शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको भन्दै मन्त्री ज्ञवालीले त्यसविरुद्ध संयुक्त राष्ट्रसंघले पारित गरेको ‘रिजुलोसन’मा समेत नेपालले सर्मथन जनाएको बताए।

नागरिक नेताहरुलाई हिरासतमा लिने सैनिक सरकाको कदमबारे सरकारले तत्कालै विज्ञप्ति निकालेर विरोध समेत गरेको जनाए।

नेपालको विदेश नीतिको आधारभूत पक्ष मानवअधिकार र लोकतन्त्र भएको भन्दै उनले सरकारले जुनसुकै हिंसाको विरोध गर्ने बताए।

हालै सम्पन्न विम्स्टेकस्तरीय परराष्ट्र मन्त्रीहरूको बैठकमा म्यानमार हिंसाबारे कुरा किन नठाएको भन्ने सांसदहरूको प्रश्नको समेत मन्त्री ज्ञवालीले जवाफ दिए। उनले विम्स्टेक जस्ता मञ्चमा दुई पक्षीय विषय वा कुनै खास देशका घटनाबारे छलफल गर्न नमिल्ने बताए।

‘हामी संलग्न विभिन्न संरचनाहरू छन्,’ उनले भने, ‘हामीसँग सार्क, बिम्स्टेक, बिबिआइएन लगायत क्षेत्रीय फोरम छन्। ती सञ्चालनको हामी सहमत भएको विधि छ । त्यस्ता फोरममा दुई पक्षीय विषय वा कुनै खास देशको घटनाबारे छलफल गरिँदैन ।’

नेपाल बोल्नुपर्ने ठाउँमा बोलेको भन्दै मन्त्री ज्ञवालीले भने, ‘जहाँ बोल्नुपर्ने हो, जुन फोरमबाट भन्नुपर्ने हो, त्यबाट बिना संकोच नेपालले उठाउने गर्छ। त्यसरी नै नेपालले ठाइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर