पाकिस्तान हारेको म्याचमा फकार जमानको किर्तिमानी ब्याटिङ – Nepal Press

पाकिस्तान हारेको म्याचमा फकार जमानको किर्तिमानी ब्याटिङ

काठमाडौं । पाकिस्तान र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय म्याचमा पाकिस्तानी ओपनर फकार जमान म्याच अफ द म्याच घोषित भए । यद्यपि, उनको टिमले भने म्याच हारेको थियो ।

दक्षिण अफ्रिकाले दिएको तीन सय ४२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २ सय २४ रन मात्रै जोड्न सक्यो । तर, यो जित–हार भन्दा पनि पाकिस्तानी ब्याट्सम्यामन जमानको ब्याटिङ चर्चाको विषय बनिरहेको छ ।

दक्षिण अफ्रिकाले दिएको लक्ष्य पछ्याउने क्रममा उनी एक्लैले एक सय ९३ रनको शानदार पारी खेले । लक्ष्य पछ्याउने क्रममा विश्वका कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वोच्च स्कोर हो ।

एकदिवसीय क्रिकेटमा अहिलेसम्म ६ जना ब्याट्सम्यानले दोहोरो शतक बनाइसकेका छन्, जसमध्ये फकार पनि एक हुन् । तर, सबै दोहोरो शतक पहिलो क्ष्निङमा बनेका हुन् ।

दोस्रो इनिङमा पहिलो दोहोरो शतकको किर्तिमान राख्ने सम्भावनाको नजिक फकार पुगेका थिए । तर अन्तिम ओभरको दोस्रो बलमा उनी दुर्भाग्यपूर्ण तरिकाले रन आउट भए ।

तथापि, दोस्रो इनिङमा सर्वाधिक व्यक्तिगत रनको किर्तिमान बनाउन भने उनी सफल भए । यसअघि दोस्रो इनिङमा सर्वाधिक रनको किर्तिमान अष्ट्रेलियाका शेन वाट्सनको नाममा थियो । उनले बंगलादेशविरुद्धको म्याचमा एक सय ८५ रन बनाएका थिए ।

आफ्नो म्याराथन इनिङमा फकारले १० छक्का र १८ चौका प्रकार गरे । उनले एक सय ५५ बलको सामना गरेका थिए । उनीबाहेक टिमका कसैले पनि छक्का प्रहार गर्न सकेनन् । म्याचमा फकारलाई छोडेर पाकिस्तानका अन्य ब्याट्सम्यानहरु कोही पनि चलेनन् । उनीपछिको उच्च स्कोर ३३ थियो, जुन कप्तान बबर आजमले बनाएका थिए ।

कुल मिलाएर फकारबाहेक ९ जना ब्याट्सम्यानले एक सय ६ रन मात्रै जोड्न सके । फकारले आफ्नो एक्लो बलबुतामा म्याचलाई अन्तिमसम्म जिवित राखेका थिए । अन्तिम दुई ओभरसम्म पाकिस्तानले खेल जित्ने झिनो सम्भावना बाँकी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *