पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो – Nepal Press

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल,  मट्टितेलमा र हवाइ इन्धन (आन्तरिक ) २/२ रुपैयाँ मूल्य बढाइएको हो । अब पेट्रोल प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १ सय ३ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमूल्य अनुसार मूल्य समायोजन गरिएको निगमको तर्क छ ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्दा एलपी ग्यास तथा बाह्य हवाई ईन्धनको खुद्रा विक्रि मूल्य भने अहिलेलाई यथावत नै कायम रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । यो मूल्य समायोजनपछि पनि निगमलाई
अर्धमासिक रुपमा एक सय २७ करोड ७० लाख घाटा नै रहेको निगमले जनाएको छ ।

पछिल्ला दिनमा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूलइ केहि स्थिर भए पनि निगमको मासिक नोक्सानी अत्यधिक नै रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *