काठमाडौंमा माधव नेपाल समूहको समानान्तर जिल्ला कमिटी घोषणा – Nepal Press

काठमाडौंमा माधव नेपाल समूहको समानान्तर जिल्ला कमिटी घोषणा

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले संघीय राजधानी काठमाडौंमा समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ ।

आइतबार काठमाडौंमा भएको गुटभेलाले बसन्त मानन्धरको अध्यक्षतामा समानान्तर जिल्ला कमिटी घोषणा गरेको हो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य तथा एमाले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य समेत रहेका मानन्धर पुस ७ गते साबिक नेकपा विभाजनपछि प्रचण्ड–माधव पक्षीय नेकपाको पनि जिल्ला अध्यक्ष भएका थिए ।

यस्तै, सचिवमा कुसुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् । उपाध्यक्ष सापकोटा काठमाडौं १४ वडा कि वडाध्यक्ष हुन् । समानान्तर कमिटीमा २ सय २५ जना सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर