आरबीबी–एनभीए भलिबल लिगमा आर्मी र पुलिस विजयी – Nepal Press

आरबीबी–एनभीए भलिबल लिगमा आर्मी र पुलिस विजयी

काठमाडौं । आरबीबी–एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगको आजको खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेल्कुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५–५ ले नतिजा आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–९ ले जितेको होे ।

पुलिससामु निरीह बनेको ढोरपाटनले तेस्रो सेट २५–५ ले पुलिसलाई सुम्पियो । दोस्रो खेलमा आर्मीले भरतपुरलाई २५–०९, २५–८, २५–१३ को सोझो सेटमा पराजित गर्यो । पुलिस ३ खेलबाट ८ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ ।

समान खेलबाट समान अंकसहित सेटको आधारमा आर्मी लिग तालिकाको शीर्ष स्थानमा छ । पुलिसले अर्को खेलमा मंगलबार न्यू डायमन्डसँग खेल्नेछ । आर्मीले भोलि सोमबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । ढोरपाटन भरतपुरसंग आमने सामने हुनेछ ।

 

https://youtu.be/M-NXV9zJkpE

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर