गुडविल सहकारीका अध्यक्ष श्रेष्ठ पक्राउ,पीडितले जाउलाखेल प्रहरीमा उजुरी दिन सक्ने


काठमाडौं । गुडविल बचत तथा ऋण सहकारीका अध्यक्षलाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले प्रक्राउ गरेको छ ।
ललितपुरस्थित कुमारीपाटी स्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका संचालक दिवाकर श्रेष्ठ सहित संस्थाका अन्य पादाधिकारीहरु समेतको संलग्नतामा सर्वसाधरणलाई बढी ब्याजदर दिने आवश्वासनमा ७९ करोड ८९ लाख ६४ हजार ५६० रुपैयाँ ठगि गरेको कसुरमा श्रेष्ठलाई ललितपुर महानगरिय प्रहरी परिषदले पक्राउ गरेको हो ।
चैत ५ गते व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताहरुले श्रेष्ठ बिरुद्ध परिसरमा दिएको उजुरीका आधारमा चितवनको भरतपुर १० मा लुकेर बसेको अवस्थामा चैत २१ प्रकाउ गरेको ललितपुर प्रहरी परिसरकी एसएसपी किरण ब्रजचार्यले नेपाल प्रेसलाई जानकारी दिइन् ।
ललितपुर गोदाबारी नगरपालिका १४ ठैबमा बस्ने ४१ बर्ष श्रेष्ठ बिरुद्ध सहरकारी ऐन २०७४ र ठगी सम्वन्धि मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरले उक्त सहकारी मार्फत ठगिमा परेका अन्य निक्षेपकर्ताहरु समेत प्रहरी कार्यालय ज्वालाखेलमा सम्पर्क राख्न अनुरोध गरेको छ ।