एकसाथ १६५ रणनीतिक सडक शुरुवात ओलीको तमासा मात्र हो- माधव नेपाल


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपालले विकास निर्माणका नाममा प्रधाममन्त्री केपी शर्मा ओलीले तामासा देखाइरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा माधव नेपाल पक्षीय जिल्ला भेलालाई आइतबार सम्बोधन गर्दै नेपालले शनिबार १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडकहरुको एकसाथ शुभारम्भ गरेकोमा पनि आपत्ति जनाएका छन् ।
नेपालले भने- डिपिआर छैन, कति लागत हो त्यो पनि छैन । बालुवाटारमा बस्यो, स्वीच थिचेर शिलान्यास गर्यो । सबै ठाउँमा नाम लेखाउन कस्तो रहर हो । कति फोटो टाँस्ने रहर हो । आफ्नै कोठामा झुण्ड्याए भैगो नि, किन अरुलाई दुःख दिनु ?
नेपालले अहिले भइरहेका उद्घाटन, शिलान्यासहरु तामासामात्रै हुन् भन्दै यस्ता तमासाको कुनै अर्थ नरहेको समेत बताए ।
अनि ललिता निवास को भ्रस्टाचार प्रकरण के हो माकुने ? अलिकति नैतिकता छ भने राजनीतिबाट सन्यास लिनु / यस्ता मनुवाको पिच्छु लग्गु हरुलाई कठै मात्र भन्छु 🙉🙊