माधव नेपालको आरोप- स्वार्थ पूरा भएपछि ओलीले प्रचण्डलाई किक हानेर फाल्दिए
‘आम चुनावमा ओलीले मलाई सांसदमै हराउन खोजेका थिए’


काठमाडौं । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आफ्नो स्वार्थ पूरा भएपछि केपी ओलीले प्रचण्डलाई लात्ताले हानेर फालेको आरोप लगाएका छन् ।
काठमाडौं जिल्लाको समानान्तर कमिटी गठन भेलालाई सम्बोधन गर्दै नेपालले आफूलाई प्रचण्डको मामुली कार्यकर्ता भनेकोमा ओलीप्रति आक्रोश व्यक्त गरे । हिजो प्रधानमन्त्रीको कुर्सीमा पुग्न ओलीले प्रचण्डको चाकरी गरेको आरोप नेपालले लगाए ।
उनले भने- के हिजो प्रचण्डको कार्यकर्ता थिए ओली ? आफू पदमा पुग्न चाकरी गरेको होइन ? स्वार्थ पूरा भएपछि प्रचण्डलाई लात्तीको किक हानेर फाल्ने व्यक्तिलाई अध्यक्षको रुपमा टाउकोमा राख्न अभिशप्त भएका छौं ।
२०७३ सालमा पनि प्रचण्डलाई धोखा दिएर प्रधानमन्त्री बन्न नदिएपछि एमाले सरकारबाटै बाहिर जानुपरेको नेपालले बताए । केपी ओलीले पार्टीलाई थाहै नदिई संसद भंग गरेको आरोप समेत लगाए ।
गत आम निर्वाचनमा ओलीले आफूलाई काठमाडौंबाट चुनाव हराउन खोजेको र वामदेवलाई पराजित गरेको आरोप समेत नेपालले लगाए ।
पागलपनको औषधी कहाँ छ ? माधव नेपाल सकिए!