माधव नेपालको दाबी- आधिकारिक एमाले हामी हौं, कानुनी रुपले नपाए अरु उपाय खोज्छौं – Nepal Press

माधव नेपालको दाबी- आधिकारिक एमाले हामी हौं, कानुनी रुपले नपाए अरु उपाय खोज्छौं

काठमाडौं । नेकपा एमालेबाट निलम्वित नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरुनै भएको बताएका छन् । कानुनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले घोषणा गरेका छन् ।

काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै नेपालले केपी ओलीले फाल्दैमा आफूहरु नफालिने बताए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको दावी गरे ।

नेपालले भने–कानुनी रुपले पार्टी कब्जा गर्नु बेग्लै कुरा हो,एमाले आधिकारिक हामी हौं । हामी यसैलाई आधिकारीक मान्छौं । कानुनले दिएन भने बेग्लै उपाय खोजौंला ।

केपी ओली एमालेका पनि अधिकांश कमिटीमा अल्पमतमा रहेको दावी नेपालको छ । उनले आफूहरु ओलीसँग नझुक्ने बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको दाबी- आधिकारिक एमाले हामी हौं, कानुनी रुपले नपाए अरु उपाय खोज्छौं

  1. ओ !! भनेशी गैर कानुनी हो भनेर जान्दा जान्दै, हुँदै रहेछ यस्तो काम !! हुन त कानुनले होस् या नैतिकताले, गर्नै नमिल्ने काम गर्न सक्यो भने अली ठुलो भइन्छ, बहादुर भैन्छ !! जस्तो बानी त्यस्तै कर्म, जस्तो चिन्तन त्यस्तै ब्येवहार !! यस्ता बिचराकको पछी लाग्दा कहाँ पुगिन्छ !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर