डेडिकेड र ट्रंक लाइन सुविधाको १० अर्ब माथि रकम एक महिना भित्र असुल्न लेखा समितिको निर्देशन – Nepal Press

डेडिकेड र ट्रंक लाइन सुविधाको १० अर्ब माथि रकम एक महिना भित्र असुल्न लेखा समितिको निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत प्राधिकरणबाट डेडिकेड र ट्रंक लाइन सुविधावापत विद्युत लिने तर महसुल नबुझाउँने उद्योगीलाई एक महिनाभित्र कानून बमोजिम रकम असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आइतबार बसेको बैठकले डेडिकेटटेड र ट्रंक लाइन सुविधा लिएर महसुल नतिर्ने उद्योगीसँग एक महिना भित्र रकम असुल्न निर्देशन दिएको छ ।

विद्युत प्राधिकरणलाई तिर्न बाँकी डेडिकेटटेड र ट्रंक लाइन सुविधाको १० अर्ब १४ करोड ८ लाख रुपैयाँ असुल गर्न निणर्य गरेको हो ।

यस अघि नै बनेको समिति सदस्य मिनेन्द्र रिजालको संयोजक्त्वमा बनेको नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिर र ट्रंक लाईनको बक्यौता सम्बन्धी अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन अनुरुप समितिले सो निणर्य लिएको हो ।

बैंठकमा समितिका सदस्यहरुले २४ घण्टा विजुली सुविधा लिएर रकम भुक्तनी नगर्ने उद्योगीलाई कार्वाही गर्नु पर्ने माग राखेका थिए । जनता र उद्योगीमा फरक गर्नु नहुने उनीहरुको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर