विमानस्थलमा नेपालीको शव बुझ्न जाँदा भावुक भए बाबुराम


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई नेपालीको शव बुझ्न आएका आफन्तलाई भेट्न अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल पुगेका छन् ।
उनी बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका युवाको शव बुझन आएका आफन्तलाई भेट्न विमानस्थल पुगेका हुन् ।
बैदेशिक रोजगारीमा मलेशिया गएका १२ नेपालीको शव आज नेपाल ल्याएको थियो । शव आइपुगेका मध्ये गोरखाका दुईजनाको पनि शव आज आइपुगेको हो ।
शव लिन गोरखाबाट आएका आफन्तलाई भेट्न उनी विमानस्थल पुगेका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले रोजगारीमा गएका नेपालीको बाकसमा फर्किनुपरेको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘कस्तो दु:खद अवस्था! बैदेशिक रोजगारीमा मलेशिया गएका नेपाली युवाहरूमध्ये १२जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो !तीमध्ये गोरखा-२सिरानचोक-५का सूर्य विक (२८बर्ष) र गोरखा नपा-१२का मेघबहादुर कुॅवर(२७ बर्ष)को शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र!’