प्रधानमन्त्रीलाई मत दिने वा नदिनेबारे माधव नेपाल पक्ष अस्पष्ट – Nepal Press

प्रधानमन्त्रीलाई मत दिने वा नदिनेबारे माधव नेपाल पक्ष अस्पष्ट

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा प्रष्ट धारणा बनाइ नसकेको जनाएको छ ।

कलंकीमा बसेको माधव नेपाल पक्षधर स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता रघुजी पन्तले आफूहरु एमालेको निर्णय अनुसार चल्ने बताए । अविश्वास प्रस्ताव आएमा वा विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई सघाउने वा विपक्षमा मतदान गर्नेबारे भने पन्तले प्रष्ट जवाफ दिएनन् ।

उनले भने–हामी एमाले हौं,माओवादीले के निर्णय गर्छ भनेर प्रचण्डको बारेमा हामीलाई नसोध्नुस् । जहाँसम्म संसदमा मत दिने कुरा छ,यसमा केपी ओलीजीले कस्तो निर्णय गर्नुहुन्छ त्यस आधारमा हामी जान्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर