माधव नेपाल पक्षको तीन महिने अभियान घोषणा – Nepal Press

माधव नेपाल पक्षको तीन महिने अभियान घोषणा

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा तीन महिनेअभियानको घोषणा गरेको छ । कलंकीको एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले विभिन्न अधिवेशन, महाधिवेशनहरबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने बताए ।

‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने भट्टराईले बताए । यसक्रममा अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने उनको भनाइ छ ।

माधव नेपाल लगायतका नेताहरुमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर