खनाल निवासमा राष्ट्रपति, स्वास्थ्य अवस्थाबारे जानकारी – Nepal Press

खनाल निवासमा राष्ट्रपति, स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्व प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालको स्वास्थ्यस्थिति बुझ्न निवासमै पुगेकी छन् । डल्लुमै रहेको इतिहास संशोधन मण्डलको पुस्तकालय निरीक्षणपछि राष्ट्रपति खनाल निवासमा पुगेको बताइएको छ ।

खनाल केही समयअघि दिल्लीमा स्वास्थ्य परीक्षण गरेर फर्केका थिए । उनको मिर्गौलामा समस्या देखिएको बताइएको छ । नजिकै कार्यक्रममा आएका बेला खनालको स्वास्थ्यबारे जानकारी लिने राष्ट्रपतिको चाहना भएकाले शुक्रवार साँझै खनाललाई यसबारे जानकारी गराइएको स्रोतले जनाएको छ ।

राष्ट्रपति आउने भएपछि खनाल माधव नेपाल पक्षीय स्थायी कमिटी बैठकमा नगई बसेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर