इतिहास र संस्कृतिको जगेर्ना गर्ने व्यक्तिलाई यथोचित सम्मान गर्नुपर्छ : राष्ट्रपति – Nepal Press

इतिहास र संस्कृतिको जगेर्ना गर्ने व्यक्तिलाई यथोचित सम्मान गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास संशोधन मण्डलको पुस्तकालय अवलोकन गरि इतिहासविद महेशराज पन्त र दिनेशराज पन्तसँग छलफल गरेकी छन् ।

डल्लुस्थित पन्त निवास पुगेर राष्ट्रपतिले २ घण्टा बढी बिताएको बताइएको छ । सो अवसरमा राष्ट्रपतिले राष्ट्रको पहिचान भनेकै इतिहास र संस्कृतिबाट झल्किने भएकाले यसको जगेर्ना गर्ने कार्यमा योगदान गर्ने व्यक्तिलाई सरकारले यथोचित सम्मान गर्नुपर्ने बताएको राष्ट्रपतिका सल्लाहकार टीका ढकालले जानकारी दिए ।

सो अवसरमा शिक्षामन्त्री कृष्णगोपाल पनि राष्ट्रपतिसँगै थिए । इतिहास संशोधन मण्डलको पुस्तकालयमा रहेका प्राचिन ग्रन्थहरुको समेत राष्ट्रपतिले अवलोकन गरेको ढकालले बताए ।

सो कार्यक्रमपछि नजिकै घर रहेका एमाले नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेट्न गएको स्रोतले जनाएको छ । राष्ट्रपतिले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर