ताजा जनादेशमार्फत यो संसदको अंकगणित हेरफेर नगरी देश अगाडि बढ्दैन: प्रधानमन्त्री – Nepal Press

ताजा जनादेशमार्फत यो संसदको अंकगणित हेरफेर नगरी देश अगाडि बढ्दैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको अंकगणित देशको आवश्यकता अनुरुप भएन भने ताजा जनादेशमा जानुपर्ने बताएका छन् । ढिलो चाँडो जनादेशबाटै अहिलेको अंकगणितमा हेरफेर नगरी देश अगाडि जान नसक्ने उल्लेख गरे ।

देशभर निर्माण हुन लागेका एक सय ६५ वटा सडक सञ्जालको बालुवाटारमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलले यस्तो बताएका हुन् । ओलीको भनाइ यस्तो थियो

संसद यस्तै हो । कहिलेकाहीँ देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले संसदको गणित यताउता हुन्छ ।

संसदको अंकगणितले अनुपयुक्त आकार लिइरहेको छ, उपयुक्त आकार लिने सम्भावना कम छ वा छैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्छ । देशको आवश्यकता अनुसारको अंकगणित निर्माण गर्नुपर्छ । सरकार बनाउन, संविधान निर्माण गर्न सक्ने थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय बनाउनुपर्छ ।

भरसक म्यानेज गर्न खोज्नुपर्छ । व्यवस्थापन भएन र भने ताजा जनादेशमा जानुपर्छ । ढिलो चाँडो जनादेशमार्फत अहिलेको संसदीय अंकगणितमा हेरफेर नगरी देश अगाडि बढ्ने म देख्दिनँ ।

 


प्रतिक्रिया

One thought on “ताजा जनादेशमार्फत यो संसदको अंकगणित हेरफेर नगरी देश अगाडि बढ्दैन: प्रधानमन्त्री

  1. Oli ji le dekhne bhanekai PM ko ghumane KURSI ho.Chakma SUPERGLUE tasera KURSI ma basi rahane sattalolup karan ankganit kura garda alikati lazsaram lagnu parne ho. Rastriya dhikuty ko kharcha ma karyakarta agipaxi lagauna payi raheko awasthama garne harkat yestai ho.Prachanda lai gala milaunu purba yek arkalai na chineka ta hoinan. Aakhir dubai janako laksha KURSI kabja samma ko thiyo.Begla beglai hisab le chunav ma janda hune khatara dekherai YEEEEEEE……KATA ho bhaniyeko ahile ta sachchai YEEEEEEEEEEEE ….KATA ho KATA bhayeko ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर