संसदीय समितिहरुबाट विकास–निर्माणमा अवरोध नहोस्: प्रधानमन्त्री – Nepal Press

संसदीय समितिहरुबाट विकास–निर्माणमा अवरोध नहोस्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जारी विकास निर्माणका कामहरुमा अवरोध हुने गरी आदेश र निर्देशन नदिन संसदीय समितिहरुको ध्यानाकर्षण गराएका छन् । कतै भ्रष्टाचारका कुरा उठेमा त्यसको छानविन गर्न सकिने, तर काम नै रोक्ने गरी निर्देशन दिन नहुने उनको भनाइ छ ।

देशभर निर्माण हुन लागेका १ सय २५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कसैले गल्ति गरेको छ भने दोषअनुसार दण्डको भागी हुन्छ । तर विकास–निर्माणको काममा अवरोध भयो भने त्यसले बहुआयामिक क्षति पुर्‍याउँछ । यस्तो शैलीले विकास प्रभावित हुन्छ ।’

संसदीय समितिहरुले आफ्नो क्षेत्राधिकारलाई पनि ध्यान दिनुपर्ने ओलीले बताए ।

उनले भने, ‘अन्दाधुन्द ढंगले एउटा समितिले बोलाएको छ, छानविन गर्न आदेश दिएको छ । अर्कोले बोलाएको छ, काम रोक्न आदेश दिएको छ । अनेक समितिले छानविन गर्न र काम रोक्न आदेश दिँदा अर्थतन्त्रमा असर के हुन्छ ? यदि त्यहाँ अनियमितता भएको छ भने वा त्यस्तो लाग्छ भने सम्बन्धित ठाउँलाई हेर्नु भनेर लेखदिए हुन्छ । अरबौंको आयोजना रोक्दा त्यसले पार्ने असर हेर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर