सञ्जुको ‘इन्द्रेणी स्पर्श’ बजारमा – Nepal Press

सञ्जुको ‘इन्द्रेणी स्पर्श’ बजारमा

काठमाडौं । कथा र कविता लेखनमा सक्रिय लेखक सञ्जु अधिकारीको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ प्रकाशन भएको छ ।

उपन्यासकार अधिकारीका अनुसार ‘इन्द्रेणी स्पर्श’ नारीहरुको आफ्नै कथा हो । यसमा नारी सँगसँगै आउने पुरुषको पनि कथा छ । उपन्यास प्रेम, नारी जीवनका भाव, नारी संवेदना, समाजको संस्कार, मान्यता र परम्परामाथि प्रश्न उठाउने नारी चरित्रमा केन्द्रित छ ।

उपन्यासमा प्रेमको स्पर्श छ ।

इन्द्रणी स्पर्श कलम प्रकाशनले प्रकाशित गरेको हो । उपन्यास बजारमा उपलब्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर