प्रधानमन्त्रीले एकसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै, प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक नयाँ सडक – Nepal Press

प्रधानमन्त्रीले एकसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै, प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक नयाँ सडक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।

१ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ११ बजे सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले जानकारी दिए ।

‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ’, बजगाईंले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर