प्रधानमन्त्रीले भोलि १ सय ६५ वटा सडकको एकसाथ शुुभारम्भ गर्दै – Nepal Press

प्रधानमन्त्रीले भोलि १ सय ६५ वटा सडकको एकसाथ शुुभारम्भ गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि १ सय ६५ वटा सडकको एकै पटक शुभारम्भ गर्ने भएका छन् । १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान शुभारम्भ गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक अर्जुनजंग थापाले नेपाल प्रेसलाई जानकारी दिए । ‘डिजिटल रुपमा स्विच थिचेर शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने छ ।’  महानिर्देशक थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर