एजेन्डाको विवादले कांग्रेस बैठक अझै सुरु भएन – Nepal Press

एजेन्डाको विवादले कांग्रेस बैठक अझै सुरु भएन

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक अवेरसम्म पनि सुरु हुन सकेको छैन ।

छलफलका एजेन्डाबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कुरा नमिल्दा बैठकमा ढिलाइ भएको हो ।

पार्टीको महाधिवेशन र क्रियाशील सदस्यताबारे मात्रै छलफल गर्ने देउवाको तयारी छ । तर पौडेलले राष्ट्रिय राजनीतिक र नयाँ सरकार गठनका विषयमा छलफल गर्नुपर्ने अडान लिएका छन् ।

अहिले दुवै पक्षबीच अनौपचारिक छलफल जारी छ । बैठक आज दुई बजे बस्नेगरी बोलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर