१८० जनाले हिमाल आरोहण गर्दै, सगरमाथामा मात्रै १०१ जना – Nepal Press

१८० जनाले हिमाल आरोहण गर्दै, सगरमाथामा मात्रै १०१ जना

काठमाडौं । अव आउने गर्मी यामका लागि नेपालका विभिन्न हिमाल चढ्न १८० जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार चैत २० गतेसम्ममा विभिन्न देशका नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएका हुन् ।

जसमा एक सय २७ जना पुरुष रहेका छन् भने ५३ जना महिला आरोही रहेका छन् । १८० जना आरोही २४ ओटा टिममा विभिन्न हिमाल चढ्ने छन् ।

सगरमाथा आरोहणका लागि  १०१ जनाले गर्मी समयमा हिमाल चढ्नका लागि अनुमति लिएको पर्यटन विभागले जनाएको छ । यसैगरी, अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरी हिमाल १२ जना, हिमाल नुप्से ९ जना, हिमाल लोल्से ७ जान, हिमाल पुमोरी ५ जना, मनास्लु हिमाल १ जना टुकुचे हिमालमा १ जनाले अनुमति लिएका छन् ।

यसमा नेपाल सरकारले १४ करोड १३ लाख ७३ हजार २१९ रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष कोभिड–१९ का कारण नेपालका हिमाल आरोहणमा रोक लगाइएको थियो । र, गत भदौबाट हिमाल आरोहण गर्न अनुमति दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर