२४ घण्टामा थपिए १ सय ७९ जनामा कोरोना संक्रमण – Nepal Press

२४ घण्टामा थपिए १ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १ हजार ६ सय ४७ जना रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा १ सय ११ जना संक्रमण मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । अहिले क्वारेन्टाइनमा रहनेको संख्या ६१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६५ पीसीआर परीक्षण भएको थियो । अहिलेसम्म भने १२ लाख ७९ हजार १ सय ५ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकको संख्या भने अहिलेसम्म २ हजार ३१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *