पत्रकारको चुनावः दाहालद्वारा उम्मेदवारी फिर्ताको घोषणा, पोखरेललाई समर्थन – Nepal Press

पत्रकारको चुनावः दाहालद्वारा उम्मेदवारी फिर्ताको घोषणा, पोखरेललाई समर्थन

काठमाडौं । आसन्न पत्रकार महासंघको निर्वाचनमा अध्यक्षका लागि प्रेस युनियनबाट बागी उम्मेदवारी दिएका रामप्रसाद दाहालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । दाहालले प्रेस युनियन, प्रचण्ड–माधव नेपाल पक्षधर प्यानललगायत विभिन्न संगठनका संयुक्त उम्मेदवार विपुल पोखरेललाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएका हुन् ।

दाहालले उम्मेदवारी फिर्ताको घोषणा गरेसँगै महासंघमा अध्यक्ष पदका लागि पोखरेल, प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मा र स्वतन्त्र उम्मेदवार गजेन्द्र बुढाथोकीबीच प्रतिस्पर्धा हुने भएको छ । शर्मालाई समाजवादी पार्टी र विप्लव नेकपा निकट पत्रकार संगठनहरुसँग समर्थन छ ।

पत्रकार महासंघको चुनावमानेपाली कांग्रेस निकट पत्रकारको संगठन प्रेस युनियन, प्रचण्ड–माधव नेपाल पक्षधर पत्रकारका संगठन र एमालेनिकट प्रेस चौतारी प्यानलै बनाएर चुनावीमा प्रतिस्पर्धामा उत्रेका छन् ।

पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन चैत २५ गते हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर