बिमस्टेकमा म्यानमार सेनालाई ‘इन्डोर्स’ गरेको भन्दै भट्टराई र थापाको आपत्ति – Nepal Press

बिमस्टेकमा म्यानमार सेनालाई ‘इन्डोर्स’ गरेको भन्दै भट्टराई र थापाको आपत्ति

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)मा म्यानमारको सैनिक सरकारलाई ‘इन्डोर्स’ गरेको भन्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वपरराष्ट्रमन्त्री कमल थापाले आपत्ति व्यक्त गरेका छन् ।

विहिबार भर्चुअलरुपमा सम्पन्न १७ औं बैठकमा गतमहिना म्यानमार सेना (जुन्ता)ले नियुक्त गरेका विदेशमन्त्री उन्न मुङ ल्वीन पनि सहभागि थिए । सदस्य मुलुक म्यानमारमा ५०० भन्दा बढीको ज्यान जाने गरि भएको नरसंहारबारे बिमस्टेक बैठकले छलफल गरेको थिएन ।

डा. भट्टराईले ट्वीट गर्दै नरसंहारमा संलग्न भएको म्यानमार सेनालाई साथ दिएको भन्दै नेपालसहितका बिमस्टेक मुलुकका विदेशमन्त्रीको लागि लाजमर्दो कुरा भएको उल्लेख गरेका छन् ।

नागरिक स्वतन्त्रता आन्दोलनको पक्षमा आवाज उराल्ने अन्तर्राष्ट्रिय समुदाय पनि बिमस्टेकमा म्यानमारको सहभागिताप्रति मौन रहनु हाँस्यास्पद भएको भट्टराईको तर्क छ । भट्टराईको ट्वीटप्रति पूर्वपरराष्ट्रमन्त्री थापाले पनि सहमति व्यक्त गरेका छन् ।

विहिबार भएको बिमस्टेकको भर्चुअल बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर