तमु गुरुङहरूका दुई संगठनबीच २९ वर्षपछि एकीकरण – Nepal Press

तमु गुरुङहरूका दुई संगठनबीच २९ वर्षपछि एकीकरण

पोखरा । देशभरका तमु गुरुङहरूको अब एउटै संस्था हुने भएको छ । २०४९ सालदेखि फुटेका तमु ह्युल छोँज धीँ र तमु धीँ नेपालबीच बिहीबार भएको पहिलो वार्तामै एकीकरण गर्ने सहमति भएको छ ।

वार्ताका लागि तमु ह्युलले मनोज गुरुङको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली बनाएको थियो भने तमु धीले अध्यक्ष होमवहादुर गुरुङको संयोजकत्वमा ९ सदस्यीय वार्ता टोली बनाएको थियो ।

पोखरामा भएको वार्ता सफल भएसँगै करिब ३० वर्षपछि तमुहरुका दुई संगठन एकीकरण हुने भएका हुन् । देशभर करिब साढे ५ लाख तमु गुरुङहरूको बसोबास छ ।

एकीकरणको सहमति भए पनि संगठनको नाम र झण्डाको बारेमा अर्को वार्तामा टुंगो लाग्ने वार्ता टोली संयोजक मनोज गुरुङले नेपाल प्रेसलाई जानकारी दिए । त्यस्तै आगामी दुई कार्यकालसम्म नेतृत्व आलोपालो हुने सहमति भएको छ ।

हाल तमु ह्युलको अध्यक्ष रेशम गुरुङ छन् भने तमु धी को अध्यक्ष होमवहादुर गुरुङ छन् छन् ।

यसैबीच तमु ह्युल छोँज धीँ राष्ट्रिय परिषदको चैत २७ र २८ मा चितवनमा हुने भनिएको महाधिवेशन स्थगित गर्न पनि वार्ता टोलीले आग्रह गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “तमु गुरुङहरूका दुई संगठनबीच २९ वर्षपछि एकीकरण

  1. हार्दिक बधाई!!
    समस्त देश बिदेशमा रहनु भएका सम्पूर्ण गुरुङ समुदायलाई।
    आज भन्दा ६५ बर्ष अगाडि सम्बत् २०१२ सालमा गुरुङ हरु को हक हित चिताउने मेरो बुवा सम्माननीय श्री अमर बहादुर गुरुङ्ग ज्युले ” गुरुङ कल्याण संघ” को स्थापना गर्नु भएको थियो। गुरुङ सबै एक हौं भन्ने नारा, वहाँको सपना साकार भएको देख्दा अति खुसी ब्यक्त गर्नु भएको छ।
    भविष्यमा पनि निरन्तरता को शुभकामना छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर