बिमस्टेक बैठक जारी : म्यानमारका विदेशमन्त्री पनि सहभागि – Nepal Press

बिमस्टेक बैठक जारी : म्यानमारका विदेशमन्त्री पनि सहभागि

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरुको १७ औं बैठक अहिले बसिरहेको छ ।

भर्चुअल माध्यमबाट भैरहेको बैठकमा म्यानमारका विदेशमन्त्री उन्ना मुङ ल्वीन पनि सहभागि छन् । बर्मेली सेनाबाट गत महिनामात्र विदेश मन्त्रीमा नियुक्त भएका ल्वीन सहभागि हुनेबारे प्रष्ट थिएन ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरिरहेका छन् । भारतीय विदेशमन्त्री एसजयशंकर पनि सहभागि छन् । वर्तमान अध्यक्ष राष्ट्र श्रीलंकाले आयोजना गरेको बैठकमा कनेक्टिभिटी, व्यापार, चार्टर लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

तर, म्यानमारको पछिल्लो राजनीतिक संकटबारे छलफल हुने सम्भावना न्यून छ । बैठकपछि बिमस्टेकको तर्फबाट संयुक्त वक्तव्य जारी हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर