सुन तोलामा ९ सयले वृद्धि, चाँदीको मूल्य पनि उकालो – Nepal Press

सुन तोलामा ९ सयले वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । विहीबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । यस्तै आज चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ ले बढेको छ । आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर