उदयपुर एमालेका स्थानीय नेतृत्व अद्यावधिक, पार्टीविपरीत लाग्ने जनप्रतिनिधिको पद खोसिने चेतावनी – Nepal Press

उदयपुर एमालेका स्थानीय नेतृत्व अद्यावधिक, पार्टीविपरीत लाग्ने जनप्रतिनिधिको पद खोसिने चेतावनी

काठमाडौं। नेकपा (एमाले) उदयपुरले पार्टीको हित र विधान विपरित काम गरेको भन्दै विभिन्न्न पालिका कमिटीका पदाधिकारीलाई समेत गराएको छ। एमालेले बुधबार ९ स्थानीय नेतृत्वको विवरण अद्यावधिक गर्दै गुटगत भेलामा सहभागि हुनेलाई समेत गराएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले उदयपुरको आधिकारिक अस्तित्वलाई समाप्त पार्ने सिङ्गो कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यले पार्टी विधान विपरित अनाधिकृत व्यक्ति तथा समुहबाट पार्टीको भेला बैठक, सम्मेलनको आयोजना नगर्न र पार्टीलाई कमजोर बनाउने जस्ता गतिविधीमा पार्टीका नेता कार्यकर्ता तथा जनप्रतिनिधी संलग्न नहुन सवैलाई सचेत गराउन चाहान्छौं।’

यस्ता गतिविधी जारी राखे पार्टीको विधान र जनप्रतिनिधिहरुको हकमा राजनितिक दल सम्बन्धी ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर