माधव नेपाललाई एमाले प्रवक्ताको सुझाव- एमाले मन पर्दैन भने पार्टी खोल्न वा अर्कोमा जान सक्नुहुन्छ – Nepal Press

माधव नेपाललाई एमाले प्रवक्ताको सुझाव- एमाले मन पर्दैन भने पार्टी खोल्न वा अर्कोमा जान सक्नुहुन्छ

समानान्तर गतिबिधि जारी राखे माधव नेपालमाथि थप कारवाही हुने

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल पक्षका समानान्तर गतिबिधि स्वीकार्य नहुने प्रष्ट पारेका छन् ।

एमालेमा फर्केर पनि नेकपाकालिन गुटबन्दी र पार्टीविरुद्ध समानान्तर कमिटी गठन गर्नुभन्दा अर्को पार्टी खोल्न सुझाव दिएका छन् ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले नेपाल पक्षलाई एमाले हौं भन्नै लाज लागेको र अदालतले घोक्र्याएर पठाएको भन्नुले पनि त्यो पुष्टि हुने बताए ।

नेपाल पक्षलाई प्रचण्डसँगै जान सांकेतिक आग्रह गर्दै ज्ञवालीले भने- नेकपा एमालेको नाममा गरिने समानान्तर गतिबिधि पार्टीले सहदैन । त्यो भनेको घोषित पदमा पार्टीलाई विभाजन गर्ने कुरा हो । उहाँहरुलाई एमाले मन पर्दैन भने अर्कै पार्टी खोल्न वा उहाँहरुसँग हिमचिम भइरहेको पार्टीसँग जोडिन सक्नुहुन्छ ।

प्रवक्ता ज्ञवालीले समानान्तर गतिबिधि जारी राखे पार्टीले माधव नेपालमाथि थप कारवाही गर्ने चेतावनी समेत दिएका छन् । ज्ञवालीले एमालेमा बस्न मन पनि नहुने र एमालेभित्र आएर अर्को पार्टीको अभ्यास गर्न नमिल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर