सिटिजन्सको नयाँ शाखा लहानमा – Nepal Press

सिटिजन्सको नयाँ शाखा लहानमा

काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंकको १ सय ६७औं शाखा  लहानमा सञ्चालनमा आएको छ ।

चैत १८ बाट स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थितिका बीच शाखा सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

उक्त शाखामार्फत् बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवा छिटो/ छरितो रूपमा सेवाग्राहीलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले देशभर फैलिएका आफ्नो सबै शाखाबाट १ सय १८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ इकाईहरूबाट करिब साढे नौ लाख सेवाग्राहीलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नयाँ प्रविधिको  प्रयोग गर्दै आफ्ना सेवाग्राहीका आवश्यकता डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर