नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित – Nepal Press

नेपाल हिमालय सीमापार वाणिज्य संघको अध्यक्षसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघको २१ औ साधरण सभा तथा १० औ अधिवेशन बाट अध्यक्षमा अशोक कुमार श्रेष्ठसहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

२१ गते हुने  २१ औं  अधिवेशनमा अध्यक्षसहित २५ जना  पदाधिकारीहरु सर्वसम्मत ढङ्गबाट निर्वाचित हुने संघले जनाएको छ ।

बरिष्ठ उपाध्यक्षमा रामहरी कार्की , प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ , उपाध्यक्षहरुमा सुजित बस्नेत, सुरेस श्रेष्ठ , अर्जुन कार्की र नयनबहादुर पण्डित क्षेत्री निर्वाचित भएका छन् ।

त्यस्तै महासचिबमा भरत कार्की ,बरिष्ठ सचिवमा भक्तबहादुर पराजुली , सचिवमा निरञ्जन कृष्ण श्रेष्ठ , बिनोद बस्नेत , रामचन्द्र पराजुली , गिविन्द्रकुमार चौलागाईं र कोषाध्यक्षमा लालबहादुर बस्नेत लगातय अन्य सदस्यहरु निर्विरोध नियुक्त भएको संघ जनाएको छ ।

यो संघमा आवद्ध ब्यवसायीहरुले चीन लगायतका मुलुकबाट बस्तु आयात तथा निर्यात सम्वन्धि काम गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर