‘मधेश विद्रोह’ सँग तुलना गर्दै जसपाद्वारा म्यानमार हिंसाको विरोध (भिडियो) – Nepal Press

‘मधेश विद्रोह’ सँग तुलना गर्दै जसपाद्वारा म्यानमार हिंसाको विरोध (भिडियो)

संसद र सरकार बोल्नुपर्ने माग

काठमाडौं । म्यानमारमा सैनिक सरकारले विरोधमा उत्रिएका नागरिकमाथि गरेको दमनको जनता समाजवादी पार्टीले विरोध गरेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै जसपा नेता लक्ष्मणलाल कर्णले त्यहाँको घटनाप्रति संवेदनशील हुनुपर्ने बताए। त्यसबारे सरकार र संसद समेत बोल्नुपर्ने उनको माग छ ।

‘यो घटना हेर्दाखेरि सम्पूर्ण संसार आज संवेदनशील छ, लोकतान्त्रिक मुलुकहरु संवेदनशील छ,’ उनले भने, ‘यो संसद र हाम्रो सरकार जहाँ लोकतन्त्रको हत्या भएको छ, त्यसबारेमा बोल्नुपर्छ । गम्भीर हुनुपर्छ ।’

त्यस्तो घटनाप्रति आफूहरु चुप लागेर बस्न नसक्ने समेत उनले बताए। कर्णले भने, ‘मानवअधिकारको रक्षाका लागि हामी चुप लागेर कहिँ पनि बस्न सक्दैनौं । मानव अधिकार, लोकतन्त्रको लागि पनि हामीले लड्नुपने, बोल्नुपर्ने स्थिति विद्यमान छ ।’

एक महिनामै म्यानमार ८ सयभन्दा बढीको हत्या भइसकेको भन्दै उनले ‘मधेश विद्रोह’को समेत स्मरण गरे।

‘म्यानमारमा निर्वाचित सरकारलाई विघटन गरेर सैनिक सरकारले जनताले गरेको प्रतिरोधमा उत्रेका जनतलाई गोली मारिरहेको छ, अहिलेसम्म छोटो अवधिमै ८ सय मान्छे मरिसकेका रहेछन्,’ कर्ण भन्छन्, ‘मलाई स्मरण छ, हामी पनि यसै किसिमबाट शान्तिपूर्ण मधेश आन्दोलन गरिरहेका थियौं । त्यो आन्दोलनताका हामीलाई पनि यसै गरि छातीमा, टाउकोमा गोली मारेको थियो ।’

मधेस विद्रोहमा मारिनेको संख्या उल्लेख गर्दै उनले थपे, ‘हामी ६ महिनामा एक सय ५ जना मारियौं भने त्यहाँ एक महिनामा आठ सय भन्दा बढी व्यक्ति मारेको रहेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर