राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना – Nepal Press

राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षीको स्वास्थ्य लाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

मंगलबार भारतीय राष्ट्रपति कोविन्दको मुटुको शल्यक्रिया भएको थियो । राष्ट्रपति भण्डारीले कोविन्दको शल्यक्रिया सफल भएकोमा खुशि समेत व्यक्त गरेकी छिन् ।

ट्वीटरमार्फत भण्डारीले भारतीय समकक्षीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् । मंगलबारै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोविन्दको स्वास्थ्य लाभको कामना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर