माओवादीले माग्यो नवनियुक्त अर्थमन्त्री आङबुहाङसँग २४ घण्टे स्पष्टीकरण

२०७७ चैत १७ गते १८:३०

फाइल तस्बिर ।
विराटनगर । माओवादी केन्द्रको प्रदेश– १ संसदीय दलले नवनियुक्त आर्थिक मामिला मन्त्री टंक आङबुहाङलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
संसदीय दलका नेता छाडेर एमाले प्रवेश गरी मन्त्री भएका आङबुहाङलाई माओवादीले स्पष्टीकरण सोधेको हो । उनलाई आज दलका प्रमुख सचेतक झलकबहादुर मगरले २४ घन्टाभित्र दल त्याग गरेको हो होइन ? दलको विधानविपरीत गतिविधिमा सामेल भएबापत कारवाही किन नगर्ने ? लगायतका प्रश्न राखेर प्रष्टीकरण सोधेका छन् ।
माओवादीको हिजो सम्पन्न दलको बैठकले इन्द्र आङबोलाई दलको नेता चयन गर्दै आङबुहाङलाई प्रष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर