सिभिल बैंक र आइसनबीच सम्झौता, बैंकका ग्राहकलाई सात राष्ट्रमा उपचार गराउँदा छुट – Nepal Press

सिभिल बैंक र आइसनबीच सम्झौता, बैंकका ग्राहकलाई सात राष्ट्रमा उपचार गराउँदा छुट

काठमाडौं । सिभिल बैंक लिमिटेड र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार भएको उक्त सम्झौता अनुसार बैंकका कर्मचारी, ग्राहक तथा सम्वन्धित परिवारले आइसनसँग अनुवन्धित सात राष्ट्रहरु भारत, थाईल्याण्ड, मलेशीया, सिंगापुर, ईजिप्ट, अमेरिका र बेलायत गरी ६४ अन्तराष्ट्रिय स्वास्थ्य संस्थाहरुमा औषधोपचार गराउँदा तथा स्वास्थ्य परामर्श लिँदा प्रथम पटक ७ प्रतिशत छुट पाउने छन् ।

यसैगरी दोस्रो पटक गए थप ५ प्रतिशत गरी कूल १२ प्रतिशत पाउन सक्ने बैंकले जनाएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंगका प्रमुख भोला बहादुर विष्ट तथा आइसनका तर्फबाट कन्ट्री विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर