कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला – Nepal Press

कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला

कैलाली । कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला परेको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका -९ मा स्थानीय ७२ वर्षीय केशर रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत सार्कीको मङ्गलवार बिहान नदी नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

रानाको शव पनि घर नजिकै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर