नयाँ प्रविधिको ‘सजिलो डाइन’ एप संचालनमा – Nepal Press

नयाँ प्रविधिको ‘सजिलो डाइन’ एप संचालनमा

काठमाडौं । विश्व बजारमा पछिल्लो समय सेवा प्रदायक क्षेत्रमा डजिटाइजेसन हुने क्रम बढ्दो छ । बढ्दो प्रविधिको प्रयोगसँगै हरेक क्षेत्रमा गरिने काम छिटो छरितो र भरपर्दो हुन थालेको छ ।

साथै मानिसले आफ्नो सुविधाका लागि डिजिटल प्रविधिको प्रयोगलाई दिनप्रतिदिन बढाउँदै लगेका छन् । विश्वमा बढ्दो डिजिटाइजेसनसँगै नेपालमा ‘सजिलो दिने’ डटकमको प्रयोग बढ्दो छ ।

कोभिड–१९ को महामारीबीच संचालमा आएको ‘सजिलो दिने’ एपले होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दूरी कायम गर्दै वयेटर विना नै आफूलाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यू सजिलो दिने हो ।

सजिलो दिनेले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्यूआर स्क्यानर मेन्यू उपलब्ध गराएको छ ।

सजिलो दिनेले होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल क्युआर स्क्यानर मेन्यू हो । यो प्रयोग गर्न  एकदमै सहज र सरल छ ।

ग्राहकले आफ्नो टेवलमा रहेको क्यूआर कोडलाई आफ्नो मोवाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्क्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलव्ध आजका मेन्यूहरु आफ्नै मोवाईलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् भने अर्डर मेन्यूको मूल्य समेत थाहा पाउन सक्नेछन्

ग्राहकले गरेको अर्डर सफ्टवेयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ ।

कम्पनीका संचालकका अनुसार ‘नेपालका बैंकिङ, शिक्षा, बीमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको क्यूआर स्क्यानरले होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो ।’

राजधानिका विभिन्न १ सयभन्दा बढि होटल तथा रेस्टुरेन्ट तथा पे।पे। पिज्जाका सबै शाखाहरुमा संचालमा आई सकेको सजिलो दिने सफ्टयोयर प्रयोग गर्न चाहने जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले न्यूनतम शुल्कमा नै यो सुविधा प्रयोग गर्न सक्ने छन् ।

भने जसका लागि यो सेवा प्रयोग गर्न चाहने कम्पनीले वार्षिक मात्र ३ हजार रुपैयाँ मात्र तिरे पुग्ने छ । ‘इ–मेन्यू हाल बजारको अत्यावश्यक माग थियो जुन सजिलो दिनेले शुरु गरेको छ ।

हाल बजारमा हाम्रौ नक्कल गर्दै अन्य कम्पनीहरु पनि नआएका हैनन् तर हामी अरु भन्दा फरक छौं, हामीसंग एड्भान्स टेक्नोलोजी र दक्ष प्रविधिको अनुभव छ ।

झन्झट रहित छिटो सेवा तथा गुणस्तरिय सुविधा नै आजको आवश्यकता हो । आजको दिनमा जस्ले छिटो झन्झट रहित सेवा तथा सुविधा प्रदान गर्दछ त्यो नै बजारमा उत्कृष्ट ठहरिन्छ ।

त्यसैले होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा मेन्यू अर्डरको लागि एउटा विकल्प सजिलो दिने हो’ कम्पनी संचालक बताउँछन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर