नेताहरूमाथि कारबाहीपछि रणनीति बनाउन माधवपक्षीय स्थायी कमिटी बैठक शुरू – Nepal Press

नेताहरूमाथि कारबाहीपछि रणनीति बनाउन माधवपक्षीय स्थायी कमिटी बैठक शुरू

झलनाथ गएनन्

काठमाडौं । माधवकुमार नेपाल पक्षधरका नेकपा एमालेका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा नेताहरू भेला भएका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारबाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।

झलनाथ खनाल भने उपस्थित भएका छैनन् ।

नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ ।


प्रतिक्रिया

One thought on “नेताहरूमाथि कारबाहीपछि रणनीति बनाउन माधवपक्षीय स्थायी कमिटी बैठक शुरू

  1. नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विद्यमान गुटबन्दीविरुद्ध कठोर हुने संकेत गरेका छन् ।
    उनले चैत १३ गते जारी गरेको अन्तरपार्टी निर्देशनमा गुटबन्दीलाई कुनै हालतमा मान्यता नदिइने प्रस्ट पारेका छन् । ‘हामी विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनुभएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गर्छौं,’ ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्, ‘विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने छ । सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह राखिने छैन ।’
    उनले पार्टी भनेको गुटहरुको संयुक्त मोर्चा होइन भन्ने पनि प्रस्ट पारेका छन् । ‘पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरुको संयुक्त मोर्चा होइन,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘त्यसैले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय दिइने छैन । अब कसैलाई गुटगत रुपमा मान्यता दिइने छैन ।’
    पार्टीका नाममा मनपरी गर्न कसैले पनि नमिल्ने र त्यसो गर्न पनि नदिइने ओलीले प्रस्ट पारेका छन् । ‘अहिले पार्टीलाई शद्धीकरण गर्ने अवसर प्राप्त भएको छ । त्यसैले सङ्गठन विस्तारमा केन्द्रित होऔंं,’ अन्तरपार्टी निर्देशनमा भनिएको छ, ‘नयाँ सदस्यता व्यापक रुपमा वितरण गरौैं । युवा विद्यार्थीमा पार्टीप्रति बढेको आकर्षणलाई वैचारिक चेतना निर्माण र सङ्गठनात्मक ढाँचामा रुपान्तरित गर्ने गरी सदुपयोग गरांै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर