सहकारी र माइक्रोफाइनान्सका ग्राहकले पनि बैंकको जस्तै सुविधा पाउने – Nepal Press

सहकारी र माइक्रोफाइनान्सका ग्राहकले पनि बैंकको जस्तै सुविधा पाउने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र इन्फोडेभलपर्सबीच सहकारी तथा माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्ने सम्झौता भएको छ । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्स्का सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउने भएका छन् ।

सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे ।

इन्फो डेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रो फाइनान्सको कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा मिल्ने इसेवाले जनाएको छ ।

यसबाट सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स् भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्स्फर र क्यूआर स्क्यान गर्ने सुविधा लिन सक्नेछन् ।

४२ लाख ग्राहकहरुले इसेवाको डिजिटल भुक्तानी सेवा लिइएका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढी एजेन्ट छन् भने यस कम्पनीको मर्चेन्टको संख्या १ लाख ८५ हजार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर